सत्तारुढ गठबन्धनको बैठकमा को-को छन् सहभागी ?
फाइल फाेटाे

आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकालगायत विभिन्न पालिकाहरूमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनका दलहरूका बीचमा भागबण्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सहभागी छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेललगायतका नेताहरू सहभागी छन् । 





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ११:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया