गठबन्धनको बैठक स्थगित, भागबन्डा मिलाउन आजै पुन: बस्ने

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आजै बस्ने गरी स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको अर्को बैठक आज नै बालुवाटारमा बस्नेछ ।  

त्यस्तै, उनले सञ्चारमाध्यममा आएको महानगर/उपमहानगरको विभाजनसम्बन्धी प्रस्ताव सही नभएको पनि बताएका छन् । आज बेलुकीसम्म टुंगो लगाउने गरी छलफल भने जारी रहेको उनले उल्लेख गरेका छन् ।

‘बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुनः बस्ने गरी स्थगन भएको छ । बिहानदेखि केही मिडियामा महानगर/उपमहानगरको विभाजनसम्बन्धी भनेर आएको प्रस्ताव सही होइन,’ मल्लले फेसबुकमा लेखेका छन्, आज बेलुकीसम्म टुंगो लगाउने गरी छलफल चलेको छ ।’ 





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १३:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया