अर्थमन्त्री फेर्ने एजेण्डा छैन : प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थमन्त्री नफेरिने प्रस्ट पारेका छन् ।

सोमबार पार्टी कार्यालयमा पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, 'अर्थमन्त्री फेर्ने कुरा कहीँ एजेण्डामा छैन । चर्चामा पनि छैन ।'

हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । अर्थमन्त्री शर्माले लिएका कतिपय नीति र निर्णयको कारण अर्थतन्त्र संकट उन्मुख भएको भन्दै उनलाई हटाउनुपर्ने चर्चा चलिरहेको छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको विषयलाई लिएर पनि मन्त्री शर्माको आलोचना भइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १५:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया