सत्ता गठबन्धन बैठक निष्कर्षविहीन टुङ्गिएको छ । महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याउन बसेको बैठकमा सहमति जुट्न नसकी टुङ्गिएको हो ।
पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो । अन्य पाँच महानगरका विषयमा सहमति नजिक पुगे पनि पोखरामा कांग्रेस र एकीकृत समाजवादीले आफ्नो दाबीबाट पछि नहटेपछि सहमति जुट्न सकेन ।
बैठकमा भरतपुर माओवादी केन्द्रलाई र वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको छ । काठमाडौं र ललितपुर पाएको कांग्रेसले पोखरामा पनि दाबी गर्दै गठबन्धनका शीर्ष नेताहरूले सोमबार दिनभरको सहमति जुटाउने गरेको प्रयास असफल भएको हो ।
कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धेरै ठाउँमा सहमति नजिक पुगिएको र त्यसलाई भोलि अन्तिम रूप दिने बताएका छन् । उनका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक मंगलबार साढे ११ बजे पुनः बैठक बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।