गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, भागबन्डामा ‘निर्णायक’ छलफल हुने

आज पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने ‘निर्णायक’ बैठकमा सोमबार सहमति जुट्न बाँकी रहेका केही कुरामा छलफल हुने बताइएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक सहमति नजिक पुगेको छ । आजको बैठकले सोमबार भएको निर्णयलाई मुर्तरूप दिने प्रवक्ता कार्कीले बताएका छन् । 

सोमबार महानगर र उपमहानगरपालिकामा बाँडफाँटमा सहमति जुटाउन दुई चरणमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन मिति नजिकिए पनि भागबण्डा मिलाउन ढिलाइ हुँदा गठबन्धनका शीर्ष नेताहरूमा दबाब बढेको छ । 

लगातार निश्कर्षविहीन सकिँदै आएको आजको बैठकले भने निचोड किनाल्नसक्ने आँकलन गरिएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ७:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया