कांग्रेस महामन्त्री शर्माको समन्वयमा प्रदेश डेस्क स्थापना

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी स्थानीय तह निर्वाचन अभियान व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश डेस्क स्थापना गरेको छ । प्रदेश डेस्कमा केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री शर्माले समन्वय गर्नेछन् । 

सभापति शेरबहादुर देउवाले सोमबार प्रदेश डेस्क स्थापना गरेका हुन् । प्रदेश डेस्कलाई निर्वाचन परिचालन समितिका बैठकका निर्णयअनुसार स्थानीय तहको चुनाव प्रभावकारी बनाउने जिम्मेवारी छ । यस्तै, कांग्रेसले सहमहामन्त्रीहरूलाई प्रदेशसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

प्रदेश–१ मा सहमहामन्त्री जीवन परियार, मधेशमा भीष्मराज आङ्दम्वे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय डिना, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौरलाई जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १०:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया