सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य सत्ता साझेदार पार्टीको पनि बैठक रहेकोले बैठक तीन घण्टाका लागि सरेको हो ।
राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीका अनुसार सरेको बैठक दिउँसो २ बजे बालुवाटारमा बस्नेछ । यसअघि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
सोमबार पनि सत्ता गठबन्धन बैठक बालुवाटारमा बसेको थियो । महानगर र उपमहानगरमा भागबण्डा गर्नेबारे आज सहमति गरेर निर्णय सुनाउने गठबन्धनको तयारी छ ।
६ महानगरमध्ये पोखरामा कुन दलका उम्मेदवारलाई टिकट दिने भन्नेबारेमा सहमति जुट्न सकेको छैन । कांग्रेस र नेकपा एकीकृत समाजवादीले आफ्नो अडान कायमै राखेपछि पोखराको विषयमा सहमति जुट्न ढिलाइ भइरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।