नयाँबस्ती युथ क्लबलाई एन्फाको कारबाही

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना गरेको छ  ।

गत महिना सकिएको सहिद स्मारक ’बी’ डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना लगाएको हो ।

‘बी’ लिग अन्तर्गत मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १३:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया