नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनीतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताएका हुन् । अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।
उनले साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै निर्णय नआएसम्म केही भन्न नसकिने बताए । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, 'निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।' कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।