आलिया भट्टको पर्फमेन्स हेरेर किन रोए करण जौहर ?

एजेन्सी– बलिउड एक्ट्रेस आलिया भट्ट अहिले ‘कलंक’ फिल्मको सुटिङमा व्यस्त छिन् । फिल्मका निर्माता करण जौहर आलिया भट्टको पर्फमेन्स देखेर उत्साहित भएका छन् । आलियाको कडा मिहिनेत र निष्ठाको करणले तारिफ गरिरहेका छन् । यतिसम्म कि आलियाको पर्फमेन्स देखेर करण रोएको खबर छ । करण जौहरले यसको खुलासा नेहा धुपियाको सो ‘नो फिल्टर नेहा’कोे सिजन ३ मा गरेका हुन् । 

करण अहिले रोहित सेट्टी निर्देशित ‘सिम्बा’ फिल्मको प्रचारप्रसारमा एकदमै व्यस्त छन् । आगामी फिल्म ‘कलंक’का लागि पनि उनी उत्तिकै व्यस्त छन् । नेहा धुपियाको सोमा करणले आलियाको मुक्तकण्ठले प्रशंसा गरे । करणका अनुसार अभिनेत्री आलियाले ‘कलंक’मा अद्भूत काम गरेकी छिन् । 

‘मैले ‘कलंक’मा आलियाको काम देखेँ, उनको काम देखेर म भावुक भएँ,’ आलियाको प्रशंसा गर्दै करणले भने,  ‘आलियाले फिल्ममा जे गरेकी छिन्, त्यो त अहिले नै खुलाउँदिनँ, तर फिल्ममा उनको अभिनय विशेष रहेको छ ।’ 

आलिया भट्टको प्रस्तुति देखेर आफ्नै छोरीको प्रस्तुति हेर्दै गरेको जस्तो अनुभव भएके उनले खुलाए । करणका अनुसार उनको प्रस्तुति यति अजीव थियो कि त्यसले उनलाई  अत्यन्तै भावुक बनायो उनी रोए । 

अभिषेक बर्मन बर्माद्वारा निर्देशित ‘कलंक’मा माधुरी दीक्षित, सञ्जय दत्त, वरुण धवन, आदित्य राय कपुर र सोनाक्षी सिन्हाजस्ता सुपरस्टरले मुख्य भूमिका निभाएका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार १४:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया