इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत आज हुने लिभरपुरविरुद्धकाे खेलमा म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो उपस्थित नहुने भएका छन् ।
खेल लिभरपुरकाे घरेलु मैदान एनफिल्डमा नेपाली समयअनुसार राति पाैने १ बजे सुरु हुनेछ ।
३७ वर्षीय फरवार्ड राेनाल्डाे अहिले पुत्र वियोगमा छन् । उनले सोमबार आफ्नो नवजात जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
यसैकारण विक्षिप्त बनेका रोनाल्डो लिभरपुलविरुद्धको खेलमा अनुपस्थित हुने क्लबले जनाकारी दिएकाे हाे ।
जुम्ल्याहा सन्तानमध्ये छाेराकाे निधन भए पनि छाेरी भने जीवित रहेकाे उनले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।