आफ्नो अनुकूलतामा संविधानको व्याख्या गर्ने प्रवृत्तिले समस्या आयो : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् । 

लुम्बिनी प्रदेशसभाद्वारा मंगलबार यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।’

सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताए । 

उनले सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभियानलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिए । आजदेखि सुर भएको सो अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्नेछन् । 

उनीहरुले प्रदेशसभा सञ्चालनका अनुभव, सभालाई कसरी मर्यादित र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया गर्नेछन् । आयोजक लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहजीकरण गरेको सो कार्यक्रमको संश्लेषणात्मक प्रतिवेदन तयार गर्न गठित मस्यौदा समितिले अन्तरक्रियामा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १९:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया