काठमाडौं– संसद्को विषेश समयमा बोल्दै सत्तारुढ दलका नेता हृदयेश त्रिपाठीले सरकार उखु किसानप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उखु मिल सञ्चालन गर्न र उखुको मूल्य तोक्न सरकारले पहलकदमी नगरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उखु मिल बन्द भएका कारण किसानका उखु खेतमै सड्न थालेकोप्रति सजग गराउँदै उनले भने, ‘किसानका उखु खेतमै छन् । अहिले उखु काट्न सकिएन भने गहुँ लगाउन सकिँदैन ।’ सरकारले उखुको समर्थन मूल्य तोक्न नसकेको उखु मिल सञ्चालन गर्न निर्देशन दिनुपर्ने उनले बताए ।
चिनी मिल मालिकको प्रभावमा परेर सरकारले किसानलाई मर्कामा पारेको बताउँदै उनले भने, ‘चिनी मिल मालिक उखुको मूल्य घटाउने प्रयासमा छन् । सरकार असहाय भयो ।’ सरकारले चिनि मिल सञ्चालन गर्न निर्देशन नदिए करिब ४ लाख किसान मर्कामा पर्ने उनले बताए ।
चिनी मिल बन्द गरेर मिल मालिकले अहिले किसानमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको बताउँदै उनले भने, ‘मालिकहरुले किसानमाथि मिल बन्द गरेर दबाब दिँदै छन् । तसर्थ सरकारले अविलम्ब चिनी मिल सञ्चालन गर्ने निर्देशन दिनुपर्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।