मैत्रीपूर्ण फुटबल : सेनासँग पत्रकारको टिम पराजित


सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो । 

२१ औं स्थापना दिवशका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ । जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् । 

स्थापना दिवसको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा संवाददाताबीच मैत्रिपूर्ण फुटबल समेत भएको छ। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गर्यो । 

खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोस्रो हाफमा सेनाले थप ६ गोल गर्यो । सेनाका लागि सेनानी विदुरध्वज अधिकारी र सेनानी सौगात सिंह राठौरले समान दुई गोल गरे । महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे । 

पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे । जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन् ।  

स्थापना दिवसमा नेपाली सेना लघु चलचित्र, फोटो प्रतियोगिता, फोटो तथा विभिद प्रदर्शनी, सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ का उत्कृष्ठ लेखलाई पुरस्कृत गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १९:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया