बालपत्रिका ‘बाल उदय’ बजारमा

बजारमा बालबालिकालक्षित पत्रपत्रिकाको कमी खड्किरहेका वेला एक नयाँ बाल पत्रिकाले आफ्नो नयाँ यात्रा सुरु गरेको छ । बालबालिकाको नयाँ साथीको रूपमा मासिक पत्रिका ‘बाल उदय’ बजारमा आएको हो ।

बालबालिकाको मनोवैज्ञानिक र सिकाइ संस्कृतिमा विकास पुर्याउने उद्देश्यले बालपत्रिकाको प्रकाशन थालिएको प्रकाशक तथा सम्पादक नरेन्द्रकुमार नगरकोटीले बताएका छन् । पत्रिकाको पहिलो अंकको वितरण पुस १२ गतेबाट सुरु गरिएको छ ।

लामो समयदेखि शिक्षा क्षेत्रमा लागेका नगरकोटीका अनुसार केही वर्षदेखिको योजनाअनुरूप बालपत्रिका प्रकाशन भएको हो । उनी भन्छन्, ‘८ देखि १६ वर्षका बालबालिकालाई लक्षित गरेर पत्रिका प्रकाशन गरिएको हो ।’

पत्रिकामा बालबालिकालक्षित विषयसँगै उनीहरूले पठाएका सूचना, चित्रकला, अनुभवलगायत विषय समेटिने उनले जानकारी दिएका छन् । पहिलो अंकबाट नै सबै जिल्लामा पुग्ने लक्ष्य लिएको ‘बाल उदय’ले आगामी दिनमा बालबालिकालाई सिर्जनात्मक रूपमा अगाडि बढाउन पनि सहयोग गर्ने सम्पादकको भनाइ छ । 





  • प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार १७:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया