logo-img

रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । 

माओवादीबाट उनी पुनः भरतपुरको मेयर उम्मेदवार बनेकी छन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ ।  

गीतमा हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई देखाइएको छ । यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानमा छायाँकन गरिएको हो । 

भिडियोमा विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ । रविन्द्र बराल छायाँकन गरेको भिडियोलाई रवि अधिकारीले निर्देशन गरेका हुन् ।



सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदीप त्रिपाठीले संगीत भरेका छन् ।  





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया