नुवाकोटको ककनीमा माओवादी केन्द्रले चुनावबाट छान्यो उम्मेदवार

नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । 

आकांक्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवारको टुंगो लगाएको हो । जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । 

यस्तै, मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा एक मत ल्याए । त्यस्तै, उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुङ्गो लागेको छ । 

सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो । अघिल्लो निर्वाचनमा  ककनी गाउँपालिकामा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए ।   

उनले अर्को कार्यकालका लागि पनि आकांक्षा देखाएका थिए । तर, आन्तरिक चुनावमा पराजित भएपछि यसपाली माओवादीबाट अध्यक्ष बन्ने लामाको सपना पूरा नहुने भएको छ । 





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार ९:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया