एकअर्कासँग खुसी छैनन् पिएसजी र मेस्सी, अर्को सिजनमा टुंगिन सक्छ यात्रा

पेरिस सेन्ट जर्मेन (पिएसजी) र अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अलग हुने समाचार बाहिर आएको छ । फ्रान्सका सञ्चारमाध्यमले मेस्सी र पिएसजीबीचको यात्रा अर्को सिजन सुरु नहुँदै समाप्त हुने भनेर लेखेका हुन् ।

अर्को सिजनका लागि पिएसजी अहिलेदेखि नै टोली बनाउने प्रयासमा छ । त्यो टोलीमा मेस्सी प्राथमिकतामा परेका छैनन् । पिएसजीले जुन उद्देश्यका लागि स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सीलाई पेरिस भित्र्याएको थियो, त्यो पूरा हुन सकेको छैन ।

उनी जस्तो उत्कृष्ट खेलाडीले यो सिजन जसरी बिताइरहेका छन्, त्यसलाई सहजै नराम्रो भन्न सकिन्छ । मेस्सीले फ्रान्सेली घरेलु फुटबलमा जम्मा तीन गोल गरेका छन् । अनि युरोपेली च्याम्पियन्स लिगमा पनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेन । रियल मड्रिडविरुद्ध नकआउट चरणको खेलमा उनी पेनाल्टीमा पनि गोल गर्न चुके ।

मेस्सीले सन् २०२१ मा ‘बलुन डि ओर’ अवार्ड त जिते, तर यो सिजन उनको प्रदर्शनले त्यसलाई न्याय गर्न सकिरहेको छैन । अर्को तथ्य के पनि छ भने मेस्सी आफैँ पेरिसमा खुसी छैनन् । 

फ्रान्सका सञ्चारमाध्यमले क्लबभन्दा पनि उनलाई पेरिस सहर र यसको रहनसहन मन नपरेको भनेर पनि उल्लेख गरेका छन् । फ्रान्सेली सञ्चारमाध्यमले मेस्सी पिएसजी आउनुअघि पनि उनीबारे समाचार प्रकाशन/प्रशारण गरेका थिए । अन्ततः ती समाचारपछि सही सावित पनि भए ।  

यसपाली पनि फ्रान्सका सञ्चारमाध्यमले लेखेको समाचार सत्य भएमा मेस्सी अर्को सिजनमा पिएसजीमा देखिने छैनन् ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १३:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया