साझा प्रकाशनको पुस्तक प्रदर्शनी, पचास पैसामै किन्न पाइन्छ किताब

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर १ वैशाखदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । 

प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरू विशेष छुटका साथमा बिक्री भइरहेको छ । पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरू पाठकको हातमा पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताए । 

प्रदर्शनी काठमाडौं उपत्यकाभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उनले बताए । त्यसैगरी देशभरिमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उनले जानकारी दिए । 

प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रूपैयाँसम्मका पुस्तकहरू पाइने उनले बताए । विशेष पुस्तक प्रदर्शनी १५ वैशाखसम्म चल्ने साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनीको छैठौँ दिनसम्ममा पुस्तक बिक्रीमार्फत ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरू रहेको उनले बताए ।

प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरूमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकहरूमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरूमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा बिक्री गरिएको साझा प्रकाशनले जनाएको छ ।  





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १३:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया