सिट बाँडफाँट टुङ्ग्याउन बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी
फाइल तस्वीर

महानगरपालिका र उपमहानगरपालिकाकी सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसिरहेको हो ।

सत्ता गठबन्धनले तीन दिनदेखि सिट भागबण्डामा निरन्तर छलफल गरे पनि टुंगो लगाउन सकेको छैन । सत्ता गठबन्धनका नेताहरूबीच आइतबार, सोमबार र मंगलबार आधा रातसम्म छलफल भए पनि महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगो लाग्न नसकेको हो । 

तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रूप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् । ३० वैशाख सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । जसअनुसार महानगर र उपमहानगरको सिटको भागबण्डा केन्द्रबाट गर्ने सहमति गठबन्धनमा भएको छ ।

छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन् ।  





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १४:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया