सत्ता गठबन्धनका शीर्ष नेताहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । महानगर र उपमहानगरपालिकाको भागबण्डालाई अन्तिम रूप दिन बालुवाटारमा बसेको बैठकपछि गठबन्धनका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
गठबन्धनले महानगरको भागबण्डा टुङ्ग्याएको छ भने उपमहानगरको सिट बाँडफाँटको विषय बाँकी छ । उपमहानगरको भागबण्डा आजै टुङ्ग्याउने तयारीमा नेताहरू रहेका छन् । त्यसअघि शीर्ष नेताहरू आन्तरिक छलफल गर्न जुटेका हुन् ।
आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि तालमेल गरेर जाने निर्णय सत्ता गठबन्धनले गरेको छ । त्यसका लागि गठबन्धनका नेताहरूले तीन दिनदेखि बैठक गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।