सत्ता गठबन्धनका शीर्ष नेताहरूले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेका छन् ।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको हो ।
सिट बाँडफाँट टुङ्गो लागेको तर सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी रहेको बैठकमा सहभागी एक नेताले बताए । अन्तिम सहमतिपत्रमा केही बेरमा हस्ताक्षर हुने तीन नेताको भनाइ छ ।
सिट बाँडफाँट टुङ्ग्याउन तीन दिनदेखि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।