नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई आगामी निर्वाचनमा कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस एकाइहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक विचार गोष्ठीमा उनले निर्वाचनमा कांग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्न सक्ने बताए । केन्द्रीय समितिको बैठकको निर्णयविपरीत गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको भन्दै उनले आपत्ति जनाए ।
३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै उनले नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिह्न लगाउनुपर्ने अवस्था आएकाले यसको लेखाजोखा निर्वाचनपछि गर्ने उनले बताए ।
उनले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन घर–घरमा जान पनि विद्यार्थीहरुलाई आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।