बझाङमा तीनदलीय गठबन्धन, यसरी मिल्यो भागबण्डा

बझाङमा तीनदलीय गठबन्धनले आज भागबण्डा मिलाएको छ । लामो समयको छलफलपछि गठबन्धनभित्र भागबण्डा मिलेको हो । 

१२ वटा पालिका रहेको बझाङमा तीन दलले आज दिउँसो भागबण्डा मिलाएका हुन् । १२ वटा पालिकामध्ये ७ पालिकामा नेपाली कांग्रेस, ३ पालिकामा एकीकृत समाजवादी र दुई पालिकाको प्रमुख नेकपा माओवादी केन्द्रले पाएका छन् । 

लामो समयको छलफलपछि दलहरु सहमतिको टुंगोमा पुगेक हुन् । गठबन्धनमा रहेका दलहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सिट बाँडफाँटमा सहमति भएर सहमतिपत्र सार्वजनिक गरिएको छ । 

१२ वटा पालिकामध्ये नेपाली कांग्रेसको भागमा ७ प्रमुख र ६ उपप्रमुख परेका छन् । माओवादी केन्द्रको भागमा २ प्रमुख र ४ उपप्रमुख परेका छन् भने एकीकृत समाजवादीको भागमा ३ प्रमुख र २ उपप्रमुख परेका छन् । 

नेपाली कांग्रेसले दुई नगरपालिकासहित ५ गाउँपालिका पाएको छ । उसले  जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचौर गाउँपालिका र सुर्मा गाउँपालिकामा भाग पाएको हो ।
 
त्यसैगरी एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । माओवादी केन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ ।

आज भएको दलबीचको सहमतिअनुसार जिल्लाको बित्थडचौर गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष, नेकपा माओवादी केन्द्र उपाध्यक्ष, केदारस्युँमा नेकपा एकीकृत समाजवादी अध्यक्ष, नेपाली कांग्रेस उपाध्यक्ष, थलारा गाउँपालिकामा नेकपा एकीकृत समाजवाद अध्यक्ष, नेपाली कांग्रेस उपाध्यक्ष, दुर्गाथली गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष, नेपाली कांग्रेस उपाध्यक्ष पाएको छ।
   
त्यसैगरी, छविस पाथिभेरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष, नेकपा एकीकृत समाजवादी उपाध्यक्ष, सुर्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै पद नेपाली कांग्रेस, खप्तडछान्ना गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष, नेकपा माओवादी केन्द्र उपाध्यक्ष र मष्टा गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ।
  
त्यसैगरी, तलकोट गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी, उपाध्यक्ष नेपाली कांग्रेस, साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसको भागमा परेको छ । 



जिल्लाका दुई नगरपालिकामध्ये बुंगल नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ, भने सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
 
जिल्लामा ०७४ सालको स्थानीय निर्वाचनमा पालिकामा जुन पार्टीले जितेको थियो, सो पालिकामा सोही पार्टीले प्रमुखको भाग पाउने गठबन्धनमा सहमति भएको हो । 



  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १८:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया