घुस रकमसहित प्रहरीका सई पक्राउ

गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुससहित पक्राउ गरेको हो ।

सई महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित मंगलबार बेलुकी पक्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए ।

महतोले लेनदेन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार २०:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया