सुदूरपश्चिममा माओवादी र कांग्रेसबीच छुट्टै छलफल, एकीकृत समाजवादीलाई बोलाइएन
फाइल तस्वीर

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई सहभागी नगराएर नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच छलफल चलाएको छ ।

सुदूरपश्चिममा तीन दलबीच पनि भागबण्डामा कुरा नमिले पनि बुधबार नेपाली कांग्रेस र माओवादीले छुट्टै छलफल गरेका हुन् । उक्त छलफलमा एकीकृत समाजवादीका कुनै पनि प्रतिनिधि उपस्थित भएनन् ।

कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले तीनै दलले धेरै स्थानीय तहमा दाबी गरेपछि छुट्टाछुट्टै छलफल गर्नु परेको दाबी गरे ।  

उनले नेकपा एकीकृत समाजवादीसँग छलफल गर्ने बताए । दार्चुला जिल्लामा कांग्रेस र माओवादी तालमेल गरेर एकीकृत समाजवादीलाई कुनै पनि पालिका नदिएको भन्दै उनीहरू रुष्ट भएका छन् । 

धनगढीमा पनि कांग्रेसलाई मेयर माओवादीलाई उपमेयर दिएपछि असन्तुष्टिका स्वर बाहिर आइरेहका छन् । 

सुदूरपश्चिम प्रदेशमा चार दलीय तालमेल मात्रै हुने छ । पाँच दलभित्रै रहेको जनता समाजवादी पार्टीले यसअघि नै सम्मानजनक भूमिका नभएको भन्दै गठबन्धन तोडिसकेको छ । 



कांग्रेस र माओवादी केन्द्र मात्रै बसेको बुधबारकै बैठकमा पनि ठोस सहमति भने भएको छैन । छलफल सकारात्मक भए पनि सहमति नभएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए । 

उनका अनुसार कांग्रेससँगको बैठकमा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई पनि व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो । सुदूरपश्चिम प्रदेशमा कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ । 



माओवादीले ३० स्थानीय तहमा दाबी गरेको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा २० पालिका दाबी गरेको छ ।

  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार २०:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया