गठबन्धनको भागबण्डा मधेसमा कांग्रेस सिध्याउने षड्यन्त्र : विमलेन्द्र निधि

सत्तारुढ गठबन्धनले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व जसपालाई दिने निर्णय गरेसँगै पूर्वउपसभापति विमलेन्द्र निधिले असन्तुष्टि व्यक्त गरेका छन् । सो निर्णय मधेसमा नेपाली कांग्रेस सिध्याउने षड्यन्त्र भएको उनले आरोप लगाएका छन् ।

सत्ता गठबन्धनले आज गरेको सहमतिअनुसार मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख जसपाले पाउने भएको छ । त्यस्तै जनकपुर उपमहानगरपालिकाको नेतृत्व पनि जसपाले नै पाउने भएको छ । 

निधिले मधेसमा कांग्रेस सिध्याउने प्रयास भएकोतर्फ सचेत रहन आग्रह गर्दै मधेसका महत्त्वपूर्ण महानगर र उपमहानगरको नेतृत्व सुम्पिनुले कांग्रेसलाई कमजोर बनाउने निधिको भनाइ छ ।

पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय सच्चिएन भने कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘गठबन्धनको नाममा जे निर्णय भयो त्यो आत्मघाती छ । मधेसमा कांग्रेसलाई सिध्याउने षड्यन्त्रअनुसार यो काम भएको छ ।’





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार २१:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया