आइपिएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जित

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । 

उसका लागि डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले ३० बलमा १० चौका र एक छक्कासहित अविजित ६१ रन बनाए । अर्का प्रारम्भिक ब्याटर पृथ्वी शाले २० बलमा सात चौका र एक छक्काको सहयोगमा ४१ रनको पारी खेले । 

सरफराज खान १२ बलमा अविजित रहे । पञ्जाबका राहुल चाहरले मात्र एक विकेट लिने सके । त्यसअघि मुम्बईस्थित बेर्बाेन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । 

उसका लागि जितेश शर्माले ३२, कप्तान मयंक अग्रवालले २४, शाहरुख खान र राहुल चाहरले समान १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, ललित यादव, खलील अहमदले दुई/दुई र मुस्तफिजुर रहमानले एक विकेट लिए । 

यो जितसँगै दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हार बेहोरेको छ । पञ्जाबले सात खेलमध्ये चारमा हार र तीन खेलमा जित हात पारेको छ । ऊ ६ अंकका साथ तालिकाको आठौँ स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार ६:२५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया