म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति इतिहाद स्टेडियममा सम्पन्न खेलमा ब्राइटनमाथि ३–० को सहज जित हात पार्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
उसको जितमा रियाद महारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एक/एक गोल गरे । खेलको ५३ औं मिनेटमा महारेजले सिटीलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा फोडेनले टोलीको अग्रता दोब्बर बनाए ।
८२ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ३–० को सहज जित निकाल्यो । जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ । यो दोस्रो स्थानको लिभरपुलको भन्दा एक अंक बढी हो ।
पराजित ब्राइटन ३३ खेलबाट ४० अंकका साथ दशौँ स्थानमा छ । लिगकै अन्य खेलमा आर्सनलले चेल्सीमाथि ४–२ तथा न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसमाथि १–० को जित दर्ता गरे ।
त्यस्तै, एभर्टन लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।