समस्या परेको ठाउँमा गठबन्धनभित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका उनले पत्रकारहरूसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं ।’

यद्यपि, ६ महानगरपालिका र ११ उप-महागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।

‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौं,’ प्रचण्डले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौं ।’

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुनसक्छ भनेका छौं । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।’

प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताए । हिजो प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आन्दोलन गर्नेको शक्तिको परिवर्तन र अग्रगामी गठबन्धन रहेको बताउँदै उनले अर्को गठबन्धन परिवर्तन उल्ट्याउने कोशिस गर्नेहरूको रहेको बताए ।  





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार ९:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया