महानगर/उपमहानगरको सहमतिले गठबन्धन भत्काउने खोज्नेहरू आत्तिए : प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपमहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरू आत्तिएको बताएका छन् । 

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन भत्काउने प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरे । 

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरू आत्तिएको उनको भनाइ छ । 
देशको नेतृत्व लिन माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने भन्दै उनले इँटको जवाफ पथ्थरले दिन कार्यकर्तालाई अपिल गरे । 

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए  । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १६:२०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया