करिश्माले फेसबुकमा नामको पछि थपिन् ‘सूर्यकुमारी’
फाइल तस्वीर

नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नामको पछि ‘सूर्यकुमारी’ थपेकी छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नामको पछाडि कोस्टमा ‘सूर्यकुमारी’ थपेकी हुन् । 

एमाले प्रवेश गरेपछि सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफ्नो न्वारानको नाम सूर्यकुमारी रहेको खुलाएकी थिइन् । 

उक्त अभिव्यक्ति पछि आएका विभिन्न टीकाटिप्पणी सेलाउन नपाउँदै उनले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि सूर्यकुमारी थपेकी हुन् । 

उनले आफ्नो अभिव्यक्‍तिलाई लिए चर्चा गर्नेप्रति लक्षित गर्दै समाजिक सञ्जालमा ‘सूर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो’ भन्दै व्यङ्ग्य गरेकी थिइन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १७:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया