डब्ल्युएचओका महानिर्देशक र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन् । मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उनले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री खतिवडाले बताए । त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको कीटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उनले जानकारी दिए । 

महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । त्यसैगरी उनले टेकु अस्पतालमा रहेको ल्या निरीक्षण गर्ने, पाटन स्कुलको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ । 

भेटवार्ताका क्रममा उनले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै नेपाल सरकारको उच्च प्रशंसा गरेको मन्त्री खतिवडाले बताए । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १८:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया