नोकिया बार फोनमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । 

नोकिया फोनप्रति उपभोक्ताको विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टी अझै बढाउन नोकियाले आफ्नो बार फोनहरूमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । 

यो क्याम्पेनअन्तर्गत उपभोक्ताले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १९:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया