स्पेनिस ला लिगामा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराति रियल एरिनामा भएको खेलमा घरेलु टोली रियल सोसिडाडमाथि बार्सिलोनाले १–० को कठिन जित हात निकालेको हो ।
खेलको ११ औं मिनेटमा पियरे इमरिक औवामियाङले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो ।
उनले फेरान टोरेसको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । जितसँगै ३२ खेलमा ६३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित सोसिडाड ३३ बाट ५५ अंकका साथ छैटौं स्थानमा छ । लिगअन्तर्गतकै अर्को खेलमा सेभियाले लेभान्तेमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।