च्यासल सर्‍यो एमालेको पार्टी कार्यालय [फोटो फिचर]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेसँगै थापाथलीबाट एमालेको कार्यालय आफ्नै भवनमा सरेको हो । 

शुक्रबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका थिए ।

तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति लिएर च्यासलमा नयाँ पार्टी कार्यालय स्थापना गरिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिए । यो भवन पाँच वर्षका लागि प्रयोगको अनुमति लिएर कार्यालय सञ्चालनमा आएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १४:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया