कांग्रेस निर्वाचन आयोग समन्वय उपसमितिमा आठ सदस्य मनोनीत

नेपाली कांग्रेसको ‘निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति’ मा आठजना मनोनीत भएका छन् ।

कांग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिमा विभिन्न जिल्लाका आठजनालाई मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपसमितिमा किरण गिरी काठमाडौं, आनन्दसन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौं, श्याम विश्वकर्मा संखुवासभा, दिलिपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी छन् ।
 





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १६:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया