वीरेन्द्रनगर नगरप्रमुखमा कांग्रेसबाट तीन जनाको नाम सिफारिस
फरकधार / ९ बैशाख, २०७९

नेपाली कांग्रेसको वीरेन्द्रनगर नगरसमितिले नगरको नगरप्रमुख पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।



सिफारिस हुनेहरूमा हरि विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकाल रहेका छन् ।
विष्ट कांग्रेसको जिल्ला सह–सचिव हुन् । 

खड्का वीरेन्द्रनगर नगर सभापति हुन् भने ढकाल कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा आवद्ध छिन् ।



शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले तीन जनालाई उम्मेदवारका लागि सिफारिस गरेको कांग्रेसनिकट एक नेताले जानकारी दिए ।



  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १८:४५:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया