जुम्लाकाे सार्कीबाडामा आगलागी, एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु
फाइल तस्बिर

जुम्लामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र ‍एक वर्षीय दिपेश सार्की रहेका छन् ।

मृत्यु हुनेमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंह सार्कीकी भान्जी हुन् । आगलागी गएराति साढे ११ बजे भएको हो । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । 

आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । आगलागीले तीनतले घरको दुई तला पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार ६:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया