नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकाको प्रमुखमा नृपबहादुर वडलाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेकाे कार्यदल बैठकले पुनः उनलाई मेयरकाे उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले जानकारी दिए ।
‘सत्ता गठबन्धनमा धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडाध्यक्षको उम्मेदवार पनि टुंगो लगाउने छौं ।’
०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले हराउँदै वड मेयरमा विजयी भएका थिए । यसपालि पनि धनगढीको मेयरमा व्यवसायी हमालले स्वतन्त्रबाट उम्मेदवारी दिइसकेका छन् ।
नेकपा एमालेले भने धनगढीको मेयरको उम्मेदवार टुंगो लगाइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।