\
बलिउड अभिनेत्री मलाइका अरोडा पछिल्लो समय अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण बारम्बार चर्चामा आइरहेकी हुन्छिन् ।
नआउन् पनि किन उनको र अर्जुन कपुरको उमेरमा भएको भिन्नताबारे उनकै सामाजिक सन्जालमा उनकै प्रशंसकहरुले पनि बारम्बार प्रश्न गरिरहेका हुन्छन् ।
अहिलेसम्म आफ्नो अफेयरबारे यी दुईले खासै धेरै बताएका छैनन् । तर, यो विषयमा ट्रोल बनिरहेपछि हैरान भएर हुनुपर्छ, मलाइकाले कडा जवाफ दिएकी छिन् ।
भारतीय मिडियाको एउटा अन्तर्वार्तामा उनले सम्बन्धविच्छेदपछि पनि प्रत्येक महिलाको जीवन हुने र आफ्नो विषयमा कुरा गरिरहनेहरु स्त्रीविरोधी भएको बताएकी छिन् ।
उनले सम्बन्धविच्छेद भए पछि पनि महिलाको जीवन हुने भएकाले त्यसलाई सामान्य रुपमा लिनु आजको आवश्यकता भएको पनि बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।