संजीव यादवको नाम हटाएको विरोधमा जसपाको पार्टी कार्यालय घेराउ

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताले जनकपुरधामस्थित जसपाको प्रदेश पार्टी कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् । 

धनुषाको धनुषाधाम नगरपालिकाको नगरसमिति बैठकबाट सिफारिस भएका नाममध्ये मेयर पदका उम्मेदवार संजीव यादवको नाम हटाइएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

संजीवको नाम हटाएर नगरसमिति बैठकले सिफारिस गरेका नामहरू विनोद भर्खेर र ज्ञानकुमार यादवको नाम मात्र समावेश गरिएको विरोधमा यादवका समर्थकले नाराबाजी गर्दै पार्टी कार्यालय घेराउ गरेका छन् । 

धनुषाधाम नगरपालिकाको नगरसमिति बैठकबाट विनोद भर्खेर, ज्ञानकुमार यादव र संजीव यादवको नाम सिफारिस भएको थियो । 

तर, जिल्ला समन्वय समिति धनुषाले मधेस प्रदेश समितिमा सिफारिस गरेका नामहरूमध्येबाट मनोमानी तरिकाले संजीवको नाम हटाएपछि विरोधमा समर्थकले नाराबाजी गरेका हुन् ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १५:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया