कैलालीमा गठबन्धनको सहमति : कांग्रेस सात, माओवादी चार र समाजवादीलाई दुई पालिका

आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । पटक–पटक छलफलपछि कैलालीका १३ पालिकामध्ये प्रमुखमा सात पालिका कांग्रेसले पाउने सहमति भएको छ । यसअघिको स्थानीय तहमा एमालेले जितेका सात पालिका भागबण्डा गरिएको छ । 

०७४ को निर्वाचनमा जितेको पालिकाबाहेक कांग्रेस अब थप तीन पालिका र माओवादीले थप दुई पालिका पाउने भएको छ । यसअघि जुन दलले जितेको थियो त्यसलाई यथावत राख्दै भागभण्डा गरेको हो ।

जिल्लाको धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने भएको छ । त्यस्तै टीकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको छ ।

गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै, प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

यसअघि कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा चार पालिका जितेको थियो । माओवादी दुई पालिका जितेको थियो । कैलालीमा एकीकृत समाजवादीका कोही पनि प्रमुख थिएनन् । एकीकृत समाजवादीले भने दुई पालिका पाउने छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १७:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया