नेपालगञ्जमा भाँडियो गठबन्धन, माओवादी एकल प्रतिस्पर्धामा जाने
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा एकल प्रतिस्पर्धामा जाने घोषणा गरेको छ । 

माओवादीको नेपालगञ्ज नगरकमिटीले मेयर/उपमेयरसहित नगरका २३ वटै वडामा आफ्ना उम्मेदवार उठाउने घोषणा गरेको हो ।

माओवादीको नेपालगञ्ज नगरकमिटीले शनिबार पत्रकार सम्मेलन गरेर गठबन्धनमा अपमानित भएको भन्दै एकल प्रतिस्पर्धामा जाने घोषणा गरेको हो ।

नेपालगञ्ज नगर कमिटीका अध्यक्ष रतन शाहीले मेयर/उपमेयरसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने जानकारी दिए । शाहीले कांग्रेस र जसपा केन्द्रीय गठबन्धनको मूल स्प्रीटविपरीत चलेकाले आरोपसमेत लगाए ।

नेपालगञ्जमा केन्द्रीय गठबन्धनको सहमतिअनुसार मेयर कांग्रेस र उपमेयर जनता समाजवादीले पाएको थियो । तर, वडा भागबण्डामा गठबन्धन दलहरूबीच सहमति हुन नसकेपछि माओवादी केन्द्र एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १७:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया