\
अहिले भारतीय फिल्मी क्षेत्रमा निकै चलेको नाम हो, शहनाज गिल । बिग बोस कार्यक्रमबाट चर्चामा आएकी शहनाज गिल आफू खेलेको बिग बोसको पार्टमा मात्र होइन, अरुमा पनि आएर चर्चा कमाइरहेकी छिन् ।
बिग बोसकै कार्यक्रममा आउँदा आउँदा उनको र सलमान खानको सम्बन्ध अत्यन्त राम्रो भएको चर्चा पनि बारम्बार सुन्न पाइन्थ्यो ।
तर, अब उनले यस विषयमा बोलेकी छिन् ।
उनका अनुसार अभिनेता सलमान खानसँग उनी त्यति नजिक छैनन् । उनले आफूले सलमान खानजस्तो राम्रो मान्छे नभेटेको पनि बताएकी छिन् । अनि आफूले सलमान खानलाई कहिल्यै नामबाट बोलाउन नसक्ने र आफ्ना लागि सलमान खान सधैं सर भइरहने पनि बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।