कैलाली कांग्रेसको चुनावी तालमेल प्रस्ताव माओवादीले गर्‍यो अस्वीकार

स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो ।

शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे पनि माओवादी केन्द्रले उक्त प्रस्ताव अस्वीकार गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीका अनुसार नेपाली कांग्रेसले आफूलाई सात स्थानीय तहको नेतृत्व राखेर माओवादी केन्द्रलाई चार र एकीकृत समाजवादी पार्टीलाई २ स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको छ । तर, माओवादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञवालीले बताए । 

‘हाम्रो जिल्लाको बैठक बसेर ५ स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको छ छ,’ संयोजक ज्ञवालीले भने, ‘चार स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अव सहमति हुने अवस्था पनि देखिँदैन ।’

उनले आइतबार बिहानसम्म पनि छलफल हुने बताए । माओवादी केन्द्रले कैलालीका ५ पालिकामा प्रमुख र ६ पालिकामा उप प्रमुख पद माग गरेको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिले सम्म कुनै सहमति नभएको जनाएका छन् । गठबन्धन दलहरूबीच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २०:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया