नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापितलाई उठाउने निर्णय गरेको हो ।
२ वैशाखमा नगर कमिटीले मेयरका लागि स्थापितसँगै एमालेबाट मेयर विद्यासुन्दर शाक्य, सांसद रामवीर मानन्धर, स्थापित, निर्मल र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो ।
सिफारिस भएका नामहरूबाट ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि काठमाडौंको मेयरमा एमालेले स्थापितको नाम छानेको हो ।
२०५४ सालमा मेयर बनेर चर्चामा आएका स्थापितले काठमाडौंको रुपरेखा सुधारका लागि आफूसँग ‘मास्टरमाइन्ड योजना’ भएको बताउँदै आएका छन् ।
एमालेले शाक्यलाई नै मेयर पदमा दोहोर्याउने तयारी गरेको भए पनि पछिल्लो समय शाक्यको आलोचना चुलिएको भन्दै टिकट नदिन अध्यक्ष ओली निकट नेताहरूले नै लबिङ गरेका थिए ।
त्यस्तै पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौंको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उठाउने तयारी छ । निर्वाचन आयोगको तालिकाअनुसार भोलि र पर्सि उम्मेदवार मनोनयनको मिति तय भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकैसाथ हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।