शिवशंकर कि जानकीराम ? एमालेले जनकपुरधाम उपमहानगरको उम्मेदवारको टुंगो लगाउन सकेन

मनोनयन दर्ताको पूर्वसन्ध्यामा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 

एमालेको शनिबार बसेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरे पनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न नसकेको हो । 

जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको स्रोतको दाबी छ । 

जनकपुरधाममा एमालेबाट मेयर पदका उम्मेदवार को हुने भन्ने टुंगो पार्टीले अझै लगाउन सकेको छैन । उपमहानगरमा जितपुर सिमराको उम्मेदवार पनि टुंग्याउन बाँकी रहेको छ । 

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ भने विराटनगरको प्रमुख र उपप्रमुख टुङ्याउन बाँकी छ । 

बैठकले अन्य ५ महानगरमा उम्मेदवारको टुंगो लगाएको हो । एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ भने ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यन्जनकार र पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको टिकट दिएको छ ।



भरतपुरमा विजय सुवेदीलाई टिकट दिएको एमालेले वीरगन्जका लागि सरावगीलाई उम्मेदवार बनाएको छ ।



  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २२:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया