नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले केन्द्रीय सचिवालय शनिबार साँझ उम्मेदवारको टुंगो लगाएको हो । एमालेले यसपालि हेटौंडाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पौडेल संविधानसभा सदस्य र काफ्ले अनेम संघ मकवानपुर जिल्ला अध्यक्षसमेत हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।