एमालेले चितवनमा टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल गर्ने

नेकपा एमाले चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवारको टुंगो लगाएको हो ।

भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ । भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेको हो ।

भरतपुरमा विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिका प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उमेदवार बनाउने निर्णय भएको छ । 

खैरहनीको प्रमुखमा एमालेले फेरि चौधरीलाई नै उठाउने भएको हो । रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई उमेदवार बनाउने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । 

एमालेले रत्ननगरको प्रमुखमा उपप्रमुख भएर एक कार्यकाल काम गरेकी दुवाडीलाई उठाउने भएको हो । माडी नगरपालिकाको प्रमुखमा एमालेले ताराकाजी कुमारी महतोलाई उठाउने भएको छ । महतोले पनि एक कार्यकाल नगर उपप्रमुख भएर काम गरिसकेकी छन् ।

ईच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेको छ । आज पालिका वडाध्यक्षको टुंगो लाग्ने बताइएको छ ।



राप्रपाले पाएको भरतपुर र माडीको उपप्रमुखमा भने अझै टुंगो लागिसकेको छैन । त्यसका लागि राप्रपा आन्तरिक छलफलमै छ ।  



  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार ८:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया